ट्वेन्टी-२० श्रृंखलामा आज नेपाल हङकङसँगै भिड्दै


१९ आश्विन २०७६, आईतवार
cricket 2

काठमाडौ, १९ असोज । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट श्रृंखला अन्तर्गत् आज (आइतबार) नेपाल हङकङसँग भिड्दैछ ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ३ बजे खेल शुरु हुनेछ ।

शनिबारदेखि शुरु भएको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । हङकङ भने उद्घाटन खेलमा आयोजक ओमानसित ७ विकेटले पराजित भएको थियो । शनिबारै भएको दोस्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेपालले सोमबार नेदरल्याण्ड्ससित दोस्रो खेल खेल्नेछ । नेपालले बुधबार आयरल्याण्डसँग तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।

आयोजक ओमान, नेपालसहित आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सबीच श्रृंखला भइरहेको हो । नेपाली टोली सिङ्गापुरमा त्रिकोणात्मक टी–२० श्रृंखला सकेर बिहीबार राति ओमान पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७