स्पेनिस ला लिगा : रियलका लागि हेजार्डको गोल


१९ आश्विन २०७६, आईतवार
5449cXPmgwGkUp0gT2jB

काठमाडौ, १९ असोज । स्पेनिस लिग ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले एक–एक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एकरएक गोल फर्काए ।

रियलका लागि खेलको दोस्रो मिनेटमै बेन्जिमा, पहिलो हाफको ‘इन्जुरी’ समयमा हजार्ड, ६१औं मिनेटमा मोड्रिच र खेलको अन्तिम समयमा रोड्रिगेजले गोल गरेका हुन् । ग्रानडाका डार्विनले ६९औं मिनेटमा पेनाल्टीमा र ७७ औं मिनेटमा डोमिन्गोसले गोल फर्काएका थिए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलबाट १८ अंक जोडेको छ । पराजित ग्रानडा ८ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । ला लिगाअन्तर्गत नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २–१ ले हराएको छ ।

बायर्न म्युनिख पराजित
उता, जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति नै भएको खेलमा बार्यन घरेलु मैदानमा होफेनहाइमसँग २–१ ले पराजित भएको हो ।

हारपछि पनि बायर्न ७ खेलबाट १४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । होफेनहाइम ८ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७