‘सी’ को स्वागतका लागि सिङ्गारिएको राजधानी (फोटो फिचर)


१९ आश्विन २०७६, आईतवार
xi photo fiture

काठमाडौं, १९ असोज । अहिले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्कको भ्रमणकै चर्चा बढी छ । सी जिनपिङ्को स्वागतका लागि अहिले तीब्र तयारी जारी छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका कारण अहिले काठमाडौंको सुन्दरता थप बढेको छ । अहिले विमानस्थलदेखि रोडहरुसम्म सिङ्गार्ने कामहरु धमाधम भइरहेका छन् ।

परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिला भारतको चेन्नई छेउको मामलापुरममा सिलाई स्वागतका लागि भारतले भव्य तयारी गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति सि ११ अक्टोबर अर्थात् २४ असोज अपरान्ह भारतको चेन्नेई पुग्ने कार्यक्रम छ । त्यहाँबाट ५० किलोमिटर परको पुरातन मामलापुरम् (महावलीपुरम् पनि भनिन्छ) मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सिबीच अनौपचारिक वार्ता हुनेछ ।

मामलापुरम सातौं र आठौं शताब्दीमा चीनसँग व्यापार तथा बुद्धधर्म प्रबद्र्धनगर्ने यो महत्वपूर्ण तटीय शहर हो । सि र मोदीबीच कोभालमस्थित समुद्रीतटको होटलमा रात्रिभोजसहित अनौपचारिक वार्ता हुनेछ ।

चार वटा पुराना सम्पदामा तस्बिर खिचाउने तथा केही चरणमा वार्ता गर्ने गरि तयारी भइरहेको छ । त्यहाँका होटलमा बस्ने विदेशी नागरिकहरुबारे नियमीत रिपोर्टिंग गर्न प्रशासनले निर्देशन जारी गरेको छ । विदेशीहरुलाई निगरानी शुरु भइसकेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार २१ असोजदेखि त्यहाँका पसल बन्द गर्न, होटल खाली गर्न प्रशासनले आदेश दिएको छ । तिब्बती तथा तिनका समर्थकले कुनै प्रकारको प्रदर्शन नगरुन् भन्नेमा सतर्कता अपनाइएको छ । यसअघि वाराणसीमा हुने भनिएको भ्रमण तिब्बतीहरुको सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै दक्षिण भारत सारिएको हो ।

भारतमा एकरात बसेर भोलिपल्ट नेपाल आउने तय भएको छ । भ्रमण मिति सार्वजनिक हुन बाँकी छ । तर, परराष्ट्रमन्त्रालयले प्रधानमन्त्रीसँग सिको भ्रमणबारे सोझै समन्वय गरिरहेको छ ।

‘सुरक्षा, सडकको व्यवस्था, बसोबासको प्रबन्धलगायत सबै बिषयमा प्रधानमन्त्री ज्यूले नै प्रत्यक्ष समन्वय गरिरहनु भएको छ’, जानकार स्रोतले भन्यो, ‘सबै सम्बद्ध निकायले प्रधानमन्त्रीसँगै समन्वय गरिरहेका छन् । अत्यन्त गोप्यरुपमा भ्रमणको तीब्र तयारी भइरहेको छ ।’

सोमवार सुरक्षा र सवारी अभ्यास गरिँदै
सिको भ्रमणको सुरक्षा र राजकीय सवारीको अभ्यास भोलि गरिँदैछ । नेपाली सेना, कर्मचारीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सी ओर्लिएपछि उनको सवारी, गार्ड अफ अनरको अभ्यास गर्नेछ ।

सुरक्षा स्रोतका अनुसार एयरपोर्टमा सिको विशेष विमान उत्रिएपछि सिलाई होटल सोल्टी पुर्याइने कार्यक्रम छ । त्यहाँ केही बेर आरामपछि उनको सवारी शीतल निवासमा हुनेछ । शीतल निवासमा भेटवार्ता सकेर सि होटल सोल्टी फर्किने छन् । बाँकी सबै भेटवार्ता त्यहीँ हुनेछन् । सिको सवारीपूर्व तीन घण्टा सडक बन्द हुनेछ ।

भदौ २२ देखि २४ सम्म चीनका स्टेट काउन्सिलर वांग यीको नेपाल भ्रमणले राष्टपतिको भ्रमण टुंगिएको हो । उनी असोज अन्तिम साता एक रात बस्नेगरी काठमाडौं ओर्लदै छन् । पहिलो कार्यकालमा भारत, पाकिस्तान, मालदिभ्स, श्रीलंका र बंगलादेश भ्रमण गरेका राष्टपति सि नेपाल आएनन् । सन् २०१६ मा उनी आउने चर्चा थियो । तर केपी ओली नेतृत्वको सरकार हटेसँगै चर्चा सेलाएको थियो ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हामीले उच्च महत्व दिएका छौँ, हामी उहाँलाई व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छौं’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुन्जमान सिंह र चीनका तर्फबाट राजदूत युयान जोङ्सियाङले हस्ताक्षर गरेका थिए । त्यसको एक बर्षपछि दुई देशबीच उच्चस्तरीय भ्रमण हुँदै आएका छन् ।

चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले २०५३ मंसिर १९ र २०मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गरेनन् । २३ बर्षपछि राष्ट्रपति सी आउन लागेका हुन् । सि नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । २०४० साल चैत ६ देखि १० सम्म चिनियाँ राष्ट्रपति ली सियान्यिानले नेपाल भ्रमण गरेका थिए । उनीपछि २०५३ सालमा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

हेर्नुस् तस्विरहरु

xi tour 4
xi tour 5
xi tour 6
xi tour 7
xi tour 8
xi tour 9
xi tour 10
xi tour 1
xi tour 2
xi tour 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७