चेल्सी र आर्सनल विजयी, ला लिगामा बार्सिलोना दोस्रो स्थानमा


२० आश्विन २०७६, सोमबार
epl logo

काठमाडौं, २० असोज । इङ्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र म्यान्चेष्टर युनाइटेड पराजित भएका छन् । आइतबार राति भएको खेलमा सिटी ओल्भ्ससँग २–० र म्यान्चेष्टर युनाइटेड न्यू क्यासलसँग १–० गोलले पराजित भएका हुन् । सिटीको यो दोस्रो हार हो ।

प्रिमियर लिगमै चेल्सी र आर्सनल भने विजयी भएका छन् । चेल्सीले साउथह्याम्पटनलाई ४–१ गोलले हराउँदा आर्सनलले बर्नमाउथमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । चेल्सीलाई जिताउन अब्राहम, मोउन्ट, कान्छे र बात्सुइले गोल गरेका थिए । आर्सनलका लागि डेभिड लुइजले गरेको एउटै गोल निर्णायक बन्यो ।

उता, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइताबार राति भएको खेलमा सेभियालाई ४–० गोलले हराउदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

La liga HgZjQEYWFN

बार्सिलोनालाई जिताउन लुइस स्वारेज, आर्टुरो भिडाल, ओस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरे । जितसँगै ८ खेलबाट दोस्रो अंक जोडेको बार्सिलोना १६ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा समान खेलबाट १८ अंक जोडेको रियल शीर्ष स्थानमा छ ।

हार ब्यहोरेको सेभिया छैठौं स्थानमा धकेलिएको छ । ला लिगाकै अरु खेलमा मालोर्काले एस्पान्योललाई २–०, सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओलाई १–०, गेटाफेले रियल सोसिडाडलाई २–१ गोलले हराउँदा रियल भालाडोलिड र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७