मध्य दशैंमा पनि कामको दौडधुपमा पर्यटनमन्त्री योगेश भट्टराई


२० आश्विन २०७६, सोमबार
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल

काठमाडौं, २० असोज :  अहिले मध्य दशैं चलिरहेको छ । सरकारी कार्यालयहरु बन्द छन् । तर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई भने सोमबार अर्थात् महानवमीको दिनमा पनि दिनभरी मन्त्रालयसँग सम्बन्धित काममै व्यस्त रहे ।

मन्त्री भट्टराईले सोमबार भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’ को स्थलगत निरीक्षण गरेर कामको बारेमा जानकारी लिएका हुन् । कामको जानकारी लिएपछि मन्त्री भट्टराईले तोकिएकै समयमा सम्पन्न गर्नका लागि आयोजनाका अधिकारीहरुसँग छलफल गरेर समयतालिका सहितको योजना निर्माण पनि गराएका छन् ।

लुम्बिनीमा एकसाथ ५ हजार मानिसले ‘मेडिटेशन’ गर्न मिल्ने हल निर्माण भइरहेको छ । यो हललाई आगामी बुद्ध जयन्तीबाट सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण काम भइरहेको छ । मन्त्री भट्टराई महानवमीको दिन पुग्दा पनि करिब १ सय जना श्रमिकहरुले काम गरिरहेका थिए । १०० जनाभन्दा बढी श्रमिकहरू काममा व्यस्त रहेको देखेका भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने बताए ।

मन्त्री भट्टराईले हल निर्माणको अनुगमन गरिसकेपछि मध्य दशैंमा पनि धमाधम काम भइरहेकोप्रति प्रशंसा गरे । मन्त्री भट्टराईले तोकिएकै समयमा हल निर्माण सम्पन्नका लागि काम गर्न निर्देशन दिए । स्थलगत निरिक्षणपछि मन्त्री भट्टराईले कार्यालय खुलेको हल निर्माणको अवस्था बारेमा एक हप्ताभित्र रिपोर्ट दिन निर्देशन दिएका छन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण
मन्त्री भट्टराईले सोमबार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि निरीक्षण गरे । उनले तीन घन्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थलको स्थलगत निक्षण गरेर कामको अवस्था बारेमा जानकारी लिए । 

करिब ३ घन्टाको स्थलगत निरिक्षणपछि १ घन्टा ब्रिफिङ्ग लिएका थिए । एक घन्टा मसिनो गरी बसेर टेबल वर्क गरेर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्णाधिन अलग–अलग कामको बारेमा जानकारी लिएका हुन् । मन्त्री भट्टराईले कुन काम कसरी भइरहेको छ ? कुन अवस्थामा पुगेको छ ? समस्या के छन् ? आदि बारेमा जानकारी लिए । आगामी कार्ययोजनाका बारेमा छलफल गरी समयतालिकासहितको योजना निर्माण गरिएको उनले बताए । विमानस्थलस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाका विविध पक्षबारेमा जानकारी गराएका थिए ।

कामको अवस्था बारेमा जानकारी लिइसकेपछि मन्त्री भट्टराईले कार्यालय खुलेको तीन दिनभित्र कामको अवस्था बारेमा १९ वटा बूँदामा रिपोर्ट दिन निर्देशन दिएका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि २९ असोजमा अध्यागमन, ३० असोजमा भन्सार र १ कार्तिकमा जलवायु कार्यालयसँग बैठक गर्न निर्देशन समेत दिएका छन् ।

अनुगमनमा मन्त्री भट्टराईसहित नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीलगायतका उच्च अधिकारीहरु सहभागी थिए ।



निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल 2
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल Yogesh Bhattarai
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण
अन्तराष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरिक्षण Yogesh
लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरीक्षण
अन्तराष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरिक्षण
लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरीक्षण
अन्तराष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरिक्षण 1
लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’ को स्थलगत निरीक्षण
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७