महराको यौन दुर्व्यवहार खुलासा गर्ने पत्रकार शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’


२१ आश्विन २०७६, मंगलवार
ajaya babu shiwakoti

काठमाडौं, २१ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो ।

इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।

आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ ।

शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि गरेको यौन दुर्व्यवहार खुलासा गरेका थिएन ।

शाहीको किटानी जाहेरीपछि पक्राउ परेका निवर्तमान सभामुख महरा अहिले हिरासतमा छन् । यौन दुर्व्यवहारको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् । इन्जाले पत्रकार शिवाकोटी असुरक्षित रहेकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७