पूर्व अर्थ सचिव रामेश्वर खनाललाई पत्नी शोक


२१ आश्विन २०७६, मंगलवार
nayapage logo footer

काठमाडौं, २१ असोज । पूर्व अर्थ सचिव रामेश्वर खनालकी पत्नी सुचित्रा खनालको क्यान्सरका कारण मंगलबार बिहान नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको बिहान ६ः१५ बजेतिर निधन भएको हो । विगत १५ महिना अघि स्तन क्यान्सर देखिएपछि त्यसको उपचार गराउँदै आएकी उनलाई २० दिनयता अस्पताल भर्ना गरिएको थियो ।

उनको भारतको मुम्बईस्थित टाटा मेमोरियल तथा दिल्लीको मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७