उपराष्ट्रपतिबाट टीका ग्रहण


२१ आश्विन २०७६, मंगलवार
VPPasangTika

काठमाडौं, २१ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफ्ना बुवाबाट यस वर्षको दशैंको टीका ग्रहण गरेका छन् ।

उनले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैंको टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।

यसैगरी, उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७