राष्ट्रपतिलाई फोरमले भन्यो,‘बहुमतीयमा हामी धेरै जित्छौं तर हामीलाई होइन देशलाई फाइदा हुुनुपर्छ’


९ पुष २०७४, आईतवार
Upendra and Rajendra shrestha

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।Upendra and Rajendra shrestha
राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भेटमा राष्ट्रपतिलार्इ  तत्काल अध्यादेश पारित  सुझाव दिएकाे हाे ।  ‘जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिनु हो’ नेता श्रेष्ठले भने ।
जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् । ‘बहुमतीयमा जाने हो भने हामीले चार सिट जित्छौं तर, यो बहस राष्ट्रियसभाको कम्पोजिसन कस्तो बनाउने भन्ने हो’ श्रेष्ठ भन्छन्, ‘हामीलाई २र३ सिट मात्र होस् तर देशलाई फाइदा हुुनुपर्छ ।’
राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुका छलफल गरिरहेकी छिन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गरेकी थिइन् ।
उनले सहमति र सहकार्यका  अावश्यक रहेकाे बताउँदै  संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरिन् । ‘राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नाको विकल्प छैन’, राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने ।

संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७