यो वर्षको नोबेल पुरस्कार दुई स्विस, एक क्यानडाली–अमेरिकी वैज्ञानिकलाई


२२ आश्विन २०७६, बुधबार
Nobel prize

काठमाडौं, २२ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्विस वैज्ञानिक र एक जना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

स्विस वैज्ञानिकहरु माइकल मेयर र डिडियर क्वेलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका जेम्स पिबल्सले नोबेल पुरस्कार पाउँछन् । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याए बापत पुरस्कृत गर्ने निर्णय गरेको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।

स्विस वैज्ञानिकले वर्तमान सौर्य मण्डल बाहिर पनि अर्को ग्रह रहेको पत्ता लगाएका थिए । यसअघि सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७