आज पनि खुलेन दिन, पानी पर्ला कि नपर्ला ?


२२ आश्विन २०७६, बुधबार
barsa

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकासहित आज (बुधबार) पनि देशभरको मौसम खुल्न सकेको छैन । मंगलबार साँझपखदेखि शुरु भएको वर्षासँग आज पनि आकाश धुम्मिएको छ ।

मौसमविद्हरुले आज (बुधबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना जनाएका छन् ।
देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् ।

थोरै स्थानअन्तर्गत देशका जुनसुकै ठाउँ (पूर्वदेखि पश्चिमसम्म) पर्ने मौसमविद्को भनाइ छ । आज पनि आफ्ना मान्यजनकहाँ दशैंको टीका लगाउन विभिन्न ठाउँमा यात्रा गर्नुपर्ने भएकाले मौसमले वाधा पु¥याउँला कि भन्ने चिन्ता सर्वसाधारणलाई छ । तर, वर्षाको सम्भावना भए पनि यात्रामै अवरोध आउने गरी वर्षा नहुने नगरकोटी बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७