नेपाल र आयरल्याण्डबीच खेल जारी(LIVE)


२२ आश्विन २०७६, बुधबार
cricket nepal

काठमाडौं, २२ असोज । ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेटमा नेपाल र आयरल्याण्डबीचको खेल जारी छ । नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु भएको खेलमा नेपालले टस हारेर बलिङ गरिरहेको छ । आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

https://youtu.be/lRx–K8VsTo

ओमान स्थित ओमान क्रिकेट एकेडेमीको टर्फ मैदानमा हुने खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । जसमा सन्दिप जोरा र इशान पाण्डे टिममा आएका छन भने रोहित पौडेल र पवन सराफलाई आराम दिइएको छ ।

सुरुवाती दुई खेलमा जित निकालेको नेपाली टिम आज आयरल्याण्डलाई हराएका ऐतिहासिक जित हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पाखा लगाएको थियो । यता आयरल्याण्ड पहिलो खेलमा ओमानसँग हारेको थियो भने दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

टेष्ट वरियताको १२ औंं र एक दिवसीय वरियताको ११ औंं स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरियतामा भने नेपालभन्दा पछाडि छ । नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एक पटक मात्र खेलेका छन् । सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७