चिटिक्कै चिनियाँ राष्ट्रपति सी सवार हुने सडक (फोटोफिचर)


२२ आश्विन २०७६, बुधबार
XiJinping welcome to nepal preparation

काठमाडौं, असोज २२ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा भ्रमण आउने भएका छन् । राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यसअघि राष्ट्रपति सी को भ्रमण आउने शनिबार र आइतबार नै हुने भनिए पनि तालिका हेरफेर हुनसक्ने भन्दै सरकारले आधिकारिक रुपमा केही बताएको थिएन ।

२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । सी सवार हुने काठमाडौंका सडकहरु चिटिक्क पारिरहेको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।Kathamandu 25

काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ । नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने सकिएको छ ।

यस्तै तिनकुनेस्थित खुल्ला मैदानलाई धमाधम बगैंचा बनाइदैंछ । उक्त मैदानको वरिपरी माटोले अग्लोभाग बनाई घास बिच्छ्याउने काम भइरहेको छ । जहाँ कल्की, पाम, धुपीका बिरुवा तथा विभिन्न प्रजातिका फूल रोपिएको छ ।kathamandu sadak 15

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।kathamandu sadak 27

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

kathamandu sadak 26

राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ । नेपाल आउनु अघि राष्ट्रपति सी शुक्रबार भारत जानेछन् ।

kathamandu sadak 28 kathamandu sadak 1 kathamandu sadak 3 kathamandu sadak 4 kathamandu sadak 6 kathamandu sadak 8 kathamandu sadak 10 kathamandu sadak 12 kathamandu sadak 13 kathamandu sadak 14 kathamandu sadak 17 kathamandu sadak 18 kathamandu sadak 20 kathamandu sadak 22 kathamandu sadak 23 kathamandu sadak 24

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७