मध्य र तल्लो क्रमका ब्याट्सम्यान नचल्दा नेपाल आयरल्यान्डसँग पराजित


२२ आश्विन २०७६, बुधबार
KaranKC

काठमाडौं, २२ असोज । नेपाली क्रिकेट टोली ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा  बुधबार भएकाे खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । करण केसी बाहेक नेपालका मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा आयरल्याण्डसँग १३ रनले पराजित भएको हो ।

१ सय ४६ रनका लक्ष्य पछ्याएको नेपाली टोलीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । शीर्ष चार ब्याट्सम्यान र करणले मात्र नेपालका लागि दोहोरो अंकमा रन जोडे ।
इशान पाण्डेले २२, कप्तान पारस खड्काले २५, आरिफ शेखले २६, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ र करणले १६ रन बनाएका थिए ।

एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्याउदा आठ विकेट गुमाएकाे थियो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । तर कप्तान पारस २५ रनमा पेभेलियन फर्किए । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

https://youtu.be/lRx–K8VsTo

त्यसपछि इसान पाण्डे र आरिफ शेखविच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो । तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो । नेपालको स्कोर एक सय रन हुँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी आउट हुन पुगे । जसका कारण नेपालले तेस्रो विकेट गयाे   उनले २० बलमा १९ रन बनाए ।

त्यसपछि नेपालले लगातार दुई विकेट गुमायो । विनोद भण्डारी मात्र एक रनमा आउट भएभने आरिफ शेख २६ रनमा विकेट किपरको हातबाट क्याच आउट भए । जसका कराण नेपालले एक सय एक रनमा पाँच विकेट खेर फाल्यो ।

नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय ११ रन हुँदा सोमपाल कामी ६ रनमा पेभेलियन फर्किए । लगत्तै सन्दिप जोरा र सन्दिप लामिछाने सस्तैमा आउट भएपछि नेपालले आठौं विकेट खेर फाल्यो । जोरा दुई रनमा आउट भए भने लामिछाने मात्र एक रनमा पेभेलियन फर्किए ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो । जसमा करणले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए । तर तेस्रो बलमा उनी बाउन्ड्रिमा क्याचआउट हुन पुगे । उनले १६ रन प्रहार गरे ।

आयरल्यान्ड्सका मार्क एडियर, जर्ज डकरेलले समान ३ विकेट लिए  ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । स्टर्लिङले ५९, एन्डी बलब्रिनीले ३८ र स्टुआर्ट थम्पसनले २१ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

यस नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए । त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो ।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लु धरापमा पारे ।
त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । सो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दिप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजीत रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र अभिषाश बोहोराले समान २, ललितनारायण राजवंशी र करणले समान १ विकेट लिए ।

नेपालले अघिल्ला दुई खेलमा हङकङ र नेदरल्यान्ड्समाथि जित दर्ता गराएको थियो ।  ओमान, आयरल्याड र नेपालको समान ४ अंक छ । नेदरल्यान्ड्स र हङकङ अंक विहिन छन । राउन्ड रोविनको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको सामना गर्नेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७