‘दक्षिण एसियामा नेपाली अर्थतन्त्र न्यून प्रतिस्पर्धी’


२२ आश्विन २०७६, बुधबार
1570609264wef

काठमाडौं,असोज २२ । एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपालको अर्थतन्त्रलाई प्रतिस्पर्धी हनु नसकेको देखाएको छ। वर्ल्ड इनकोमिक फोरमले प्रकाशित गरेको प्रतिवेदनले दक्षिण एसियामै नेपालको स्तर कमजोर रहेको देखाएको हो।


मंगलबार प्रकाशित उक्त रिपोर्टले दक्षिण एसियामा प्रतिस्पर्धात्मक वातावरणका हिसाबले भारत बलियो र नेपाल कमजोर रहेको देखाएको छ।

विश्वभरका १४१ देशमा नेपाल १०८ औं नम्बरमा रहेको छ। दक्षिण एसियामा भारत ६८, श्रीलंका ८४, बंगलादेश १०५र नेपाल १०८ औं स्थानमा रहेका छन्। भुटान र अफगानस्तन नभएको यो सुचकांकमा अधिकांस मापकमा नेपाल कमजोर देखिएको छ।

फोरमले १२ पिल्लरका ९८ सुचकको आधारमा प्रतिस्पर्धी सुचक निकालेको हो। जसमा संस्थागत शुसासन, पूर्वाधार, प्रविधि आत्मसात, माइक्रो इकनोमिक्स स्थायीत्व, स्वास्थ्य, सिप, वस्तु बजार, श्रम बजार, वित्तीय प्रणाली, बजारको आकार, व्यापारीक विविधता, अन्वेषण सक्षमता जस्ता पिल्लर रहेका छन्।


अधिकांस पिल्लरका सुचकमा नेपाल कमजोर देखिएको छ। फोरमको रिपोर्टअनुसार भूमी प्रशासनको गुणस्तर, वौद्धिक सम्पत्तिमा नेपाल कमजोर देखिएको छ।

फोरमले यो सुचक निकाल्दा सुरक्षा, बौद्धिक सम्पत्ति अधिकार, सामाजिक पुँजी, शक्ती सन्तुलन, पारदर्शिता, सार्वजनिक प्रस्तुती र संस्थागत शुसासनलाई मापक बनाएको छ।

त्यस्तै सडक, रेल, पानी तथा हवाई यातायात पूर्वाधार उपलब्धता तथा गुणस्तर, सुचना प्रविधिको प्रयोग र उपलब्धता, मूल्यबृद्धि र वित्तीय नीतिको स्थिरता पनि मापक रहेका छन्।

औसत आयु,कुनै वर्ष जन्मिएका शिशुहरुको बाँच्न सक्ने औसत उमेर, सामन्य सीप, शिक्षाको गुणस्तर र संख्या, डिजिटल साक्षरता र सक्षमत सीपयुक्त जनशक्तीको उपलब्धता पनि यो सुचकांकका मापक हुन्। श्रम र बस्तु बजारको नियमन पनि यसले मापक बनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७