सङ्गीत मेरा लागि सहारा हो : गायिका मिना राई


२२ आश्विन २०७६, बुधबार
mina puma

मिना पुमा राईले सांगतिक क्षेत्रमा ‘स्कुले जीवन’ एल्बम सार्वजनिक गर्दे पाइला टेकेकी हुन । उनलाई उनै एल्बमले गायिकाको रूपमा चिनिए । गायिका बन्ने सपना पुरा गर्न थुप्रै सर्घष पनि गर्नुपर्‍यो । देश बाहिर समेत जानुपर्‍यो । अहिले उनको लोक गीत ‘माझी दाइ’ चर्चित भइरहेको छ । उनी गायिका राईसँग नाँपेजका सपनी राईसँग गरिएको संवाद । 

१. केमा व्यस्त हुनुहुन्छ ?
गीत सङ्गीतमै व्यस्त छु । खासै अरू केही गरेको छैन । अहिले अलि अस्वास्थ्य छु । स्वास्थ्य भएको बेला गीत सङ्गीत प्राटिक्स र नयाँ सिर्जनामै व्यस्त रहन्छु।

२. वल्र्ड नेपाली म्युजिक अर्वाड न्यूयोर्कमा छानिन्नुभएको छ कस्तो लागिरहेको छ ?
आफुुलाई एकदमै भाग्यमानी महसुस गरेको छु । धेरै प्रतिस्पर्धी माझ टप १० मा पर्नु नै मेरो लागि जित हो । आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु । म चाही लोक भर्सनबाट फेमिल सिङगरबाट ‘माझी दाइ’ बोलको गीतबाट टप १० मा परेको हो । टप ३ को लागि अहिले भोटिङ चलिरहेको छ । यसको लागि फेसबुक फोटो लाइकबाट २० प्रतिशत, अनलाइन भोटिङबाट १० नम्बर, जुरी मेम्बरबाट ३० प्रतिशत र एसएमएस भोटिङ मार्फत ४० प्रतिशत निर्धारण गरिएको छ । मलाई भोट गरिदिनुहुन अनुरोध पनि गर्दछु । मलाई एसएमएस मार्फत भोटिङ गर्न धल् ७ ऋ अनि ३३०० मा पठाउनुपर्नेछ ।

३. कतिको उत्साहित हुनुहुन्छ ?
एकदमै उत्साहित छु । म दसैँमा घर समेत गभई भोट माग्दै काठमाडौँ मै बसेको छु ।

४. यसका लागि कतिको मेहनत गर्नुपर्‍यो ?
छनौटमा पार्नका लागि त केही गर्नुपर्देन् । २०१८ देखि अहिलेसम्मको रेकर्ड भएको गीत भए पुगिहाल्यो । त्यो गीत चाहिँ मलाई स्टेज दियो । र अवार्डको लागि पनि नोमिनेसन भएको छ । यसमा शब्द र सङ्गीत पनि मेरै रहेको छ । मलाई चिनाउन चाहिँ ‘स्कुले जीवन’बाट हो ।

५. शब्द सङ्गीत सबै आफँले गर्दा गाह्रो हुन्न ?
सानैदेखि गीत सङ्गीत साहित्य मन पराउथ्यो । घर छोडेर हिँडेपछि काठमाडौँ आए । गीत गाउने चाहाना पहिले देखि नै थियो । त्यो इच्छा पुरा गर्न केही साल बाहिर पनि बसे । मेरो सपना पुरा गर्न एउटा भए पनि गीत रेकर्ड गर्छु भन्ने थियो । तर यहाँसम्म आइपुगेको छु। साथ सर्पोट पाएको छु । एकदमै खुसी भाग्यमानी र धन्यवाद भन्छु ।

६. सङ्गीतलाई कसरी लिनु भएको छ ?
मेरो लागि सहारा हो । किनकि गीतले खुसी पनि दिन्छ । रुवाउँछ पनि । धेरै जनामा उत्तिकै मज्जा दिन्छ । एक्लो हुँदा सहारा बन्छ ।

पूर्ण संवाद

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७