राष्ट्रपतिविरुद्ध नेविसंघ सडकमा उत्रियो


९ पुष २०७४, आईतवार
नेविसंघ

काठमाडौँ: कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।nebi song
नेवि संघले आइतबार प्रदर्शनीमार्गकाे विश्वा भाषा क्यामपसबाट सुरू गरेर रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।
नेविसंघले दुई महिना अघि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।नेविसंघ
सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए। उनले राष्ट्रपतिले कुनै दलको भनाइको पछाडि लाग्नुभन्दा पनि संविधानलाई टेकेर निर्णय गर्नुपर्ने बताए।
नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधान रहे पनि रोक्नु संविधान विपरीत भएको बताए।कार्यक्रममा नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सेना, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, केन्द्रीय सदस्य सुशील भट्टलगायतले अध्यादेश तत्काल स्वीकृत नगरे सोमबारदेखि देशभर आन्दोलन गर्ने चेतावनी दिए।
सरकारले सिफारिश गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि अध्यादेश प्रमाणीकरण नहुँदा राष्ट्रियसभा गठनमा ढिला भएको छ। राष्ट्रियसभाको गठनबारे नेपाली कांग्रेस एकल संक्रमणीय तथा नेकपा एमाले बहुमतीय प्रणालीका पक्षमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७