प्रहरी हवल्दारबाटै दुई बालक अपहरण !


२३ आश्विन २०७६, बिहीबार
police balak 5vEpBDwKfz

धनुषा, २३ असोज । धनुषाको सीमावर्ती क्षेत्रमा प्रहरी हवल्दारले नै दुई जना बालकलाई (अपहरण) हातपात गर्दै हत्कडी लगाएर भारततर्फ लग्न खोजेपछि स्थानीयले प्रहरी चौकी नै घेराउ गरेका छन् ।

मङ्गलवार करिब ११ बजे नगराइन नगरपालिका–८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया–बिर्ताको मोडिमा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएको भन्दै आक्रोशित भएका हुन् ।

हवल्दार ठाकुरले बिजय र ११ वर्षीय राजकुमार मण्डललाई हत्कडी लगाएर भारततर्फ लग्न खोजेको स्थानीयबासीको आरोप छ । आक्रोशित स्थानीयले प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् ।

भीड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपूर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले जानकारी दिएका छन् ।
उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा जिम्मा लगाइएको छ ।

पीडित दुई जनालाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने जनाइएको छ । बिजयले आफुलाई ठाकुरले थप्पडै थप्पडले हिर्काएको र हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सीमावर्ती क्षेत्रतर्फ लग्न खोजेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७