आफ्नै फुपाजुको छुरा हानेर हत्या


२३ आश्विन २०७६, बिहीबार
hatya

पाँचथर, २३ असोज । पाँचथरको याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।

बुधबार बिहान ११ बजेतिर याङवरक गाउँपालिका–६ नागीका अन्दाजी २०–२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

ज्यान गुमाएका मावो छुरा प्रहार गर्ने योङहाङको फुपाजु हुन् । मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए ।

घरको आँगनमा दुई जनाबीच कुराकानी भइरहेको बेलामा योङहाङले मावोलाई एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछि मावोको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष ताराबहादुर योङहाङले जानकारी दिए ।

योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको बताइएको छ । योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली गइरहेको प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिलकुमार पौडेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७