फिफाको मैत्रीपूर्ण खेलमा जर्मनी र अर्जेन्टिना बराबर


२३ आश्विन २०७६, बिहीबार
ger

काठमाडौं, २३ असोज । फिफाको मैत्रीपूर्ण खेलमा जर्मनी र अर्जेन्टिनाबीचको खेल बराबरीमा सकिएको छ । जर्मनीले २–० को अग्रतालाई जोगाउन सकेन ।

जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन । खेलको १५ औं मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो । त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गरेर टिमलाई २–० ले अगाडि राखे ।

पहिलो हाफमा २ गोलले अगाडि रहेको जर्मनीले दोस्रो हाफको अन्तिम आधा घण्टा खेल नियन्त्रणमा राख्न नसक्दा गोल खान पुग्यो । ६६ औं मिनेटमा अलारियोले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अवस्थामा पु¥याएका थिए ।

त्यसपछि ८५ औं मिनेटमा ओकाम्पोसको गोलमा अर्जेन्टिनाले खेल २–२ गोलको बराबरीमा पु¥यायो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७