विश्वकप छनोट : आज नेपाल र अष्ट्रेलिया भिड्दै


२३ आश्विन २०७६, बिहीबार
world cup

काठमाडौं, २३ असोज । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) अष्ट्रेलियाको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरामा शुरु हुनेछ । लगातार विश्वकप फुटबलको अनुभव बटुलेको कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताएका छन् । फिफा वरीयतामा नेपाल १६१ औं स्थानमा छ भने अष्ट्रेलिया ४४ औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसँग ७–० को पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । अष्ट्रेलियाले भने अहिलेसम्म खेलेको एक मात्र खेलमा कुवेतलाई ३–० ले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७