सिरियामा भिषण हवाई तथा स्थल हमला


२३ आश्विन २०७६, बिहीबार
turky

काठमाडौं, २३ असोज । टर्कीले उत्तरी सिरियामा हवाई तथा स्थल आक्रमण गरेको छ । अमेरिकी सैनिक फिर्ता भएलगत्तै टर्कीका सेनाले कुर्दिस लडाकुको बाहुल्य रहेको सिरियाको युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा हवाई र स्थल आक्रमण थालेको बीबीसीले जनाएको छ ।

आक्रमणपछि स्थानीय बासिन्दा त्यहाँबाट भागेका छन् । आक्रमणबाट १० जना कुर्दिस लडाकु मारिएको भनिए पनि यसको पुष्टि भने हुन बाँकी नै छ ।

टर्कीका राष्ट्रपति रेजप तायिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरू हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन् ।

तर आक्रमण भए लगत्तै पश्चिमा देशहरुले निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् । फ्रान्स, जर्मनी तथा बेलायतले सुरक्षा परिषदको बैठक आह्वान गरेका हुन् ।

सिरियामाथि टर्कीको आक्रमणले अस्थिरता हुने, मानवीय संकट गहिरिने तथा स्लामिक स्टेट (आईएस) विरुद्ध मिलेका सफलता उल्टिने जोखिम रहेको पश्चिमा देशहरुको चिन्ता छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७