चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणबारे प्रधानमन्त्रीद्वारा छलफल


२३ आश्विन २०७६, बिहीबार
CKK KTM PMBaluwatar.

काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए ।

शनिबार हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि आवश्यक तयारी लगभग अन्तिम अवस्थामा आइपुगेको छ । सीको भ्रमण सुरक्षाका लागि काठमाडौंको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने विभिन्न सार्वजनिक स्थानहरुको सिंगारपटारको समेत काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७