मालपोत प्रमुख बलात्कार आरोपमा पक्राउ


२३ आश्विन २०७६, बिहीबार
Rape for nayapage

भीमदत्तनगर, २३ असोज । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।

स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं ।’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए । ‘अहिलेसम्म मुद्दा दर्ता भएको छैन’, चन्दले भने, ‘घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७