महरा अस्पताल भर्ना


२३ आश्विन २०७६, बिहीबार
mahara

काठमाडौं, २३ असोज । बलात्कार आरोपमा पक्राउपछि हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

महरामा प्रेसरको समस्या देखिएपछि अस्पताल पुर्‍याइएको हो । भर्ना गर्ने कि नगर्ने भन्ने विषयमा डाक्टरहरुबीच छलफल भइरहेको जनाइएको छ । ‘नियमितर चेकजाँच’ का लागि महरालाई नर्भिक अस्पताल पुर्‍याइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

संसद सचिवालयका महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७