विश्वकप छनौट : नेपालको पोष्टमा अस्ट्रेलियाको पाँच गोल


२३ आश्विन २०७६, बिहीबार
football

काठमाडौं, २३ असोज । विश्वकप छनौट अन्तर्गतको तेस्रो खेलमा नेपालबिरुद्ध अस्ट्रेलियाले गोलको वर्षा गरेको छ । अस्ट्रेलियामा सम्पन्न खेलमा नेपाल ५ शून्यले पराजित भएको हो ।

पहिलो हाफमा नै तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।
अस्ट्रेलियाको जितमा जेमी म्याकलेरनले ह्याट्रिक गरे भने ह्यारी साउटरले दुई गरे । नेपाल खेलको छैटौं मिनेटमा नै एक गोल गरे । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरुवाती अग्रता दिलाए ।

म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बन्यो । दोस्रो हाफमा साउटरले अर्को गोल थपे भने म्यालेरनले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

विश्वकप एसिया छनौट अन्तर्गत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । उता, अस्ट्रेलियाले भने दुवै खेलमा जीत निकाल्न सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७