दोलखामा झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी


१६ आश्विन २०७४, सोमबार
झाडापखाला

दोलखा: दोलखाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ। झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिए।झाडापखाला

उनका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन्। बिरामी परेकामध्ये तीनजना सिकिस्त छन्।

गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए। उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७