चिनियाँ राष्ट्रपती सीको स्वागतमा आइतबार सार्वजनिक बिदा


२४ आश्विन २०७६, शुक्रबार
xi jinping

काठमाडौं, २४ असाेज । सरकारले चिनियाँ राष्ट्रपती सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोस्राे दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।   बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार चिनियाँ राष्ट्रपती सीको स्वागतकाे लागि बिदा दिने निर्णय गरेको हो।

चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइ पुग्दैछन्।  २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेकाे हाे । सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सुरक्षा संवेदनशीलता र सर्वसाधारणमा पर्ने असुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरेको  बताइएकाे छ । 

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।

यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । राष्ट्रपति सीको भ्रमणको समयमा प्रयोग हुने चारवटा बुलेट प्रुफ कार मंगलबार मात्रै चीनबाट ल्याइएको थियो । एयर चाइनाको कार्गो विमानमा ल्याइएका उक्त कार नेपालस्थित चिनियाँ दूतावासमा राखिएको स्रोतले जानकारी दिएको छ । नेपाल आउनु अघि राष्ट्रपति सी शुक्रबार भारत जानेछन् ।

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ। बुधबार राति १० बजे भएको प्रारम्भिक मस्यौदा आदानप्रदान कनेक्टिभिटी, मदन भण्डारी विश्वविद्यालयदेखि तमोर हाइड्रो समेत समेटिएको छ ।

प्रस्तावित मस्यौदामा केरुङ–काठमाडौं रेल मार्ग नै पहिलो प्राथमिकतामा राखिएको छ । गत वर्ष असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला छलफल भइसकेको रेल मार्गलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।

एघार बुँदे मस्यौदामा रसुवागढी–काठमाडौं नाका र सडक स्तरोन्नति, तातोपानी–काठमाडौं नाका र सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग निर्माण, मदनभण्डारी विश्वविद्यालय निर्माण समेटिएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७