चिनियाँ राष्ट्रपतिको भ्रमण भव्य बनाउँछौं : प्रधानमन्त्री

‘राष्ट्रपति सीको भ्रमण भव्य बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण’


२४ आश्विन २०७६, शुक्रबार
PRO KTM Policeday 20191011 E

काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् ।

६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

‘हामी आज यस्तो बेलामा छौं, जति बेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ, हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौं’, प्रधानमन्त्री ओलीले भने ।

एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लागेकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणका जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताएको छ ।  “समाजमा शान्ती कायम गर्न,सुशासन कायम गर्न,सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने “नेपाल प्रहरी कै कारणले समाजमा शान्ती कायम भएको,अपराध घटेको छ ।”
प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताए । “आर्थिक उन्नती र विकासको अभियान सुरु भएको यस समयमा गलत मनशायका साथ हिंसाको बाटो मा लागेका र जनतालाई शान्तीसँग बस्न नदिनेहरु असंैवधानिक र देशद्रोही हुन्” प्रधानमन्त्री ओलीले भने “उनीहरुका अगाडी सरकार मुकदर्शक बन्दैन । कानुन बमोजिम कारर्वाही हुन्छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७