सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : २३ घाइतेलाई काठमाडौं ल्याइयो


२४ आश्विन २०७६, शुक्रबार
acci 1

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोक बस दुर्घटनामा गम्भिर घाइते २३ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको एमआई–१७ र अर्का एक निजी कम्पनीको हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

सेनाको हेलिकोप्टरबाट १३ जनालाई ल्याइएको र निजी कम्पनीको हेलिकोप्टबार १० जनलाई ल्याइएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ । करिब ४० जना घाइते छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको थियो । बसमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अस्पताल ल्याउँदा ल्याउँदै र अन्य ५ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमध्ये इन्द्रावती–९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती–१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्ती पार गर्ने क्रममा बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७