टी–२० वरियतामा नेपालका तीन नयाँ खेलाडी, कप्तान खड्काकाे ठूलो फड्को


२४ आश्विन २०७६, शुक्रबार
Nepali Cricket Team

काठमाडौं, २४ असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक परेका छन् ।

  राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् ।

टी ट्वान्टीको अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् । कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए ।

नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन ।

यस्तै बलिङतर्फ ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । 

बलिङतर्फ ३३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् । भने   ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् ।

टी–२० र ओडिआईतर्फ नेपालको वरियता भने यथावत छ । टी– २० तर्फ १३औँ स्थानमा भएको नेपालभन्दा तल टेस्ट मान्यता प्राप्त आयरल्याण्ड र जिम्बाब्वे छन् । आयरल्याण्ड १४औँ र जिम्बाब्वे १५औँ स्थानमा छन् । आईसीसीले टि–२० को वरियतामा ८५ वटा देशलाई समेटेको छ ।

पहिलो नम्बरमा पाकिस्तान छ । दोस्रो इग्लेण्ड, तेस्रो दक्षिण अफ्रिका र चौथोमा भारत रहेको छ ।

यता ओडिआई मान्यता पाएका २० मुलुकमध्ये नेपाल १७औँ स्थानमा छ । नेपालभन्दा तल अमेरिका, युएई र पपुवा न्यू गिनी छन् । ओमान नेपालभन्दा ठीक माथि छ । घरेलु मैदानमा हुने त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा नेपाल आगामी माघमा अमेरिका र ओमानसँग प्रतिश्पर्धा गर्दैछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७