इथियोपियाली ४३ वर्षीय प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार


२४ आश्विन २०७६, शुक्रबार
nobel prize for peace 2019 sudan

ओस्लो, २४ असोज । इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

नोबेल कमिटीका अनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेबापत उक्त पुरस्कार दिइएको हो ।

कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

नर्बेजियाली नोबेल इस्टिच्यूटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।

इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षका मात्र छन् । गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढेका प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकाँक्षी योजना अघि सारेका छन् र त्यसले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताए । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७