महरा सर निर्दोष छन्, प्रहरीले मलाई बन्धक बनायो : रोशनी शाही (विज्ञप्तीसहित)


२४ आश्विन २०७६, शुक्रबार
shahi

काठमाडौं, २४ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गर्न वाध्य बनेको बताएकी छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलनमार्फत यो यथार्थ जानकारी गराउने सोचे पनि प्रहरीको लगातारको निगरानीका कारण सम्भव नभएको उनले बताएकी छन् ।

उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गर्दै महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत दावी गरेकी छन् । उनले आफूले घटनाको सत्य तथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको बताएकी छिन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाको फाइदा लिंदै पत्रकार जवरजस्ती कोठामा आएर अन्तरवार्ता लिएको र आफ्नो अनुमति विना प्रशारण गरेको आरोप समेत लगाएकी छिन् । उनले आफ्नो अनुमति विना अन्तरवार्ता सार्वजनिक भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्ने समेत चेतावनी दिएकी छन् ।
यस्तो शाहीको हस्तलिखित विज्ञप्ती

roshani bigyapti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७