सिन्धुपाल्चोक दुर्घटना : ३९ सिटको बसमा ७० भन्दा बढी यात्रु

बस दुर्घटना ज्यान गुमाउने १२ पुगे, पाँच जनाको सनाखत


२४ आश्विन २०७६, शुक्रबार
ghaite

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोंचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको वा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुन सक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुन सक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाइ थियो ।

छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।
पाँचको सनाखत
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल बस दुर्घटनास्थलमा पुगेका छन् । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नुभएका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेमा काभ्रेपलाञ्चोक घर भएका केदारनाथ महाजु, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाकी सङ्गीता पुर्कोटी, इन्द्रावती–९ का हीरा श्रेष्ठ र विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

यसरी हुँदैछ घाइतेको उपचार

PL KTM 25502
घाइतेको शिर मेमोरियल अस्पतालमा उपचार …
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचार हुँदै । तस्बिर : रासस
PL KTM 25501
घाइतेको शिर मेमोरियल अस्पतालमा उपचार …
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचार हुँदै । तस्बिर : रासस
PL Kavre 4440
बस दुर्घटनामा घाइते वृद्धा…
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार बस दुर्घटनमा परी घाइते भएकाको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएपछि गाडीबाट ओराल्न सहयोग गर्दै काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख जयराज सापकोटा । तस्बिर : रासस
PL Kavre 4490
घाइतेको धुलिखेल अस्पतालमा उपचार …
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको धुलिखेलस्थित धुलिखेल अस्पतालमा उपचार हुँदै । तस्बिर : रासस
PL KTM 25503
घाइतेको शिर मेमोरियल अस्पतालमा उपचार …
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचार हुँदै । तस्बिर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७