विश्वमा चीनको लगानी ५० खर्ब डलर लगानी, नेपालमा कति ?


२५ आश्विन २०७६, शनिबार
china invest

काठमाडौं, २५ असोज । चीन विश्वकै सबैभन्दा ठूलो आधिकारिक ऋणदाता बनेको छ । उसले सन् २०१८ सम्ममा विश्वका विभिन्न मुलुकमा ५० खर्ब अमेरिकी डलर ऋण लगानी गरिसकेको छ । यो रकम विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ६ प्रतिशत हो ।

सन् २००० मा चीनको यस्तो लगानी पाँच खर्ब डलर थियो, जुन विश्वको जिडिपीको एक प्रतिशत मात्रै हो । जर्मनीको किएल इन्स्टिच्युट अफ वर्ल्ड इकोनमीले हालै सार्वजनिक गरेको अध्ययनअनुसार चीनको ऋण तथा अनुदानको आकार १८ वर्षमा १० गुना बढेको छ । यो तथ्यांकअनुसार चीन अहिले विश्वको सबैभन्दा ठूलो आधिकारिक ऋणदाता (अफिसियल क्रेडिटर) बनेको छ ।

चीनले गरेको आर्थिक सहायतामध्ये ८० प्रतिशत उदीयमान बजार तथा गरिब मुलुकमा गएको पनि अध्ययनको निष्कर्ष छ । तर, चीनसँग सीमा जोडिएको नेपालमा भने हालसम्म चिनियाँ सरकारी अनुदान तथा ऋणको मात्रा नगन्य मात्रै छ ।

छिमेकी मुलुकको तुलनामा पनि नेपालले चीनबाट पाएको ऋण तथा अनुदानको आकार अत्यन्तै सानो छ । सन् २०१७ मा पाकिस्तानले चीनबाट ३५ अर्ब अमेरिकी डलर (३५ खर्ब रुपैयाँभन्दा बढी) सहायता पाएको छ । यो उसको जिडिपीको साढे ११ प्रतिशत हो ।

तर, नेपालले भने २०१७ सम्म ३६ करोड ३४ लाख अमेरिकी डलर ऋण सहयोग प्राप्त गरेको अर्थ मन्त्रालयको तथ्यांक छ । यो नेपालको सो वर्षको जिडिपीको तुलनामा एक दशमलव ४६ प्रतिशत मात्रै हो । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७