चेक रिपब्लिकले हरायो इङ्ल्याण्डलाई, रोनाल्डोले पुर्‍याए ७ सय गोल


२५ आश्विन २०७६, शनिबार
ronaldo

काठमाडौं, २५ असोज । युरोकप फुटबल छनोटको खेलमा चेक रिपब्लिकले इङल्याण्डलाई २–१ गोलले हराएको छ ।

शुक्रबार राति चेक रिपब्लिकमा भएको समूह ‘ए’ को खेलमा घरेलु टोलीलाई विजयी गराउन ज्याकोब ब्राबेक र जेनेक ओन्द्रासेकले एक–एक गोल गरे ।

check

इङल्यान्डका ह्यारी केनले खेलको पाँचौं मिनेटमै पेनाल्टीमार्फत् पहिलो गोल गरे पनि अग्रता जोगाउन नसक्दा टोलीले युरोकप छनोटमा पहिलो हारको सामना गर्नुपर्‍यो । समूह ‘ए’ कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेलेका छन् ।

रोनाल्डोको ७०० गोल

युरोकप छनोटअन्तर्गत् समूह ‘बी’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–० ले हराउँदा युक्रेनले लिथुआनियामाथि २–० को जित निकालेको छ ।

पोर्चुगलको जितमा एक गोल गरेका क्रिश्चियानो रोनाल्डोले देश र क्लबका लागि आफ्नो करियरमा गरेको गोल संख्या ७०० पुर्‍याएका छन् ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० ले हराउँदा टर्कीले अल्बानिया तथा एन्डोराले माल्दोभालाई समान १–० गोलको अन्तरमा हराएका छन् ।

g1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७