सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै खुल्यो परिचय (नामावलीसहित)


२५ आश्विन २०७६, शनिबार
bus

काठमाडौं, २५ असोज । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै, एक जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र पाँच जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको थियो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखाल नगरपालिका ६ की संगिता मिजार, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिका–१० का रितेष आचार्य, सुवास अधिकारी, सुमित पुर्कुटी र मिना मगर, ललितपुर बस्ने इन्द्रावती गाउँपालिका–९ की समिता श्रेष्ठ र जुनादेवी लम्साल तथा मेलम्ची नगरपालिका १३ का अनुश तामाङ छन् ।

दुर्घटनामा घाइते हुनेहरुको बनेपामा रहेको शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार इन्द्रावती गाउँपालिका १० मा दुर्घटना हुँदा चालकसहित ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

दुर्घटनाका घाइतेलाई सहयोग
नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् ।

पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् । ‘तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु’, पूर्वमन्त्री बस्नेतले भने ।
बालबालिकालाई निःशुल्क पढाउने

यसैबीच, पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने भएका छन् । घाइतेलाई भेट्ने क्रममा उनले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गरेका हुन् । बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्री समेत बनेका थिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको विवरण

bus

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७