सी आउँदा–जाँदा पाँच घण्टा विमानस्थल बन्द, यी उडान प्रभावित हुने


२५ आश्विन २०७६, शनिबार
xi 1

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ ।

राष्ट्रपति सी आउँदा–जाँदा अढाई घण्टा विमानस्थल बन्द हुने भएको छ । राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाडौं आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्किने तालिका छ ।

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला तीन घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान तथा अवतरण हुने छैनन् ।

1 2

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टु एअरमेन) जारी गरेको छ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।

राष्ट्रपति सी आउँदा र फर्कदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ । राष्ट्रपति सी आउने बेला साढे २ घण्टा र फर्कने बेला साढे २ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

राष्ट्रपति सी आउने दिन शनिबार दिउँसो २ः५५ बजेदेखि ५ः२५ बजेसम्म नै विमानस्थलमा अन्य उडान र अवतरण ठप्प हुने छ । राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउने छन् ।

त्यस्तै फर्कने दिन आइतबार बिहान ११ः२० बजेदेखि दिउँसो १ः५० बजेसम्म विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । ११ः२० बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै शुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।

प्रभावित उडानहरुको व्यवस्थापनका लागि त्रिभुवन विमानस्थल कार्यालयले शनिबार र आइतबार २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने जनाएको छ ।

दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ ।
संशोधित उडान तालिका

2 2
3 2
4 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७