उडिरहेको सीता एयरको विमानको पंखामा चरा छिरेपछि…


२५ आश्विन २०७६, शनिबार
sita air67

काठमाडौं, २५ असोज । सीता एयरको ट्वीनअटर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको विमानको पंखामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ ।

विमानको पंखामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले जानकारी दिएका छन् ।

सीता एयरको ‘९ एन–आई–इ’ विमानको पंखामा चरा छिरेको भट्टराईले जानकारी दिएका छन् । विमानमा १३ जना यात्रु र चालक दलका तीन जना सदस्य रहेको डीएसपी भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७