सीको सवारी सडक किनारामा उभिएर पनि हेर्न नपाइने


२५ आश्विन २०७६, शनिबार
xi 2

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौं दुलही जतिकै सिंगारिएको मात्र छैन, सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा समेत राष्ट्रपति सीकै चर्चा छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिङ्गो देश व्यग्र प्रतिक्षामा रहेको समाचारहरु आइरहेका बेला सर्वसाधरणले भने राष्ट्रपति सीको नेपाल आगमन नजिकबाट नियाल्न समेत नपाउने भएका छन् ।

राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।

विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता हुनेछ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिने छ भने सडकको दुई किनारमा हिंडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाइने छ ।

राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । राष्ट्रपति सीको सुरक्षाका लागि १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७