राष्ट्रपति सी उत्रिनु अघि कस्तो छ काठमाडौं ?


२५ आश्विन २०७६, शनिबार
XiJinping welcome to nepal preparation

काठमाडौं, २५ असोज :  चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपराह्न नेपाल उत्रँदैछन् । राष्ट्रपति सी जिनपिङ शनिबार एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।

नेपालको राजकीय भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्नेछिन् । राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रिपरिषद्का सदस्यहरु राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थल पुग्नेछन् । राष्ट्रपति सीलाई विमानस्थलमै नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरिनेछ ।

कडा सुरक्षा

राष्ट्रपति सी काठमाडौं उत्रिन अघि काठमाडौंको सुरक्षा अवस्था कडा बनाइएको छ । नेपाली सेनालाई हवाई गस्ती सुरु गरेको छ । सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भएको छ । सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइने प्रहरीले जनाएको छ ।

सी काठमाठौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिनेछ । सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन्।


सीका लागि सोल्टी पुरै खाली

राष्ट्रपति सीको लागि सोल्टी होटल चिनियाँ पक्षले पूरै रिजर्भ गरेको छ । होटलका सात वटा स्वीट रुम, २ सय ८२ वटा अन्य रुम र क्यासिनो समेत बुक गरिएको छ ।

सोल्टी होटेलमा एउटा कोठाको एक दिनको करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । होटेलमा दुई सय ८३ कोठा छन् । जसअनुसार तीन दिनको एक करोड २७ लाख रुपैयाँ होटेललाई तिर्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजसमेत सोल्टी होटेलमै दिनेछिन् ।

चीनबाट सीसँग को–को आउँदै छन् ?
चीनबाट राष्ट्रपति सीसँग विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, सिपिसीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर याङ जेइची आउँछैन् ।

यसैगरी सिपिसीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनस्टर इन्चार्ज हे लिफेङलगायत उच्च अधिकारी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७