भारतीय प्रधानमन्त्री मोदी आफैले उठाए समुन्द्रको फोहोर


२५ आश्विन २०७६, शनिबार
modi morning

काठमाडौं, २५ असोज । ठूलो ओहदाको व्यक्तिले साना काम गर्दैनन् र गर्नु हुँदैन भन्ने सोंच हामी धेरैको मस्तिष्कमा गढेर बसेको छ ।

तर, यो भनाइलाई गलत सावित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा प्रशंसनीय काम गरेका छन् । मोदीको यस कामले मानिस पदले होइन, कामले प्रशंसनीय बन्छ भन्ने उदाहरण समेत पेश भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुको महाबलीपुरममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता लागि पुगे । शनिबार बिहान उनले महाबलीपुरमको समुद्र तटमा करीब ३० मिनेट जगिङ समेत गरे ।

यस दौरानले समुन्द्री तटको सफाइ गर्नुका साथै फोहोर उठाएका थिए । उनले सर्वसाधारणलाई सार्वजनिकस्थल सफाइ नगर्न समेत अपील पनि गरे । जगिङ गर्दै फोहोर उठाउने कामलाई प्लोगिङ भनिन्छ ।

मोदीले यस अभियानको बारेमा गत २९ सेप्टेम्बरमा मनकी बात कार्यक्रममा गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त कार्यक्रममा एक नौजवान रिपुदमन बेल्वीको प्रयासको बारेमा उल्लेख गरेका थिए । उनी प्लोगिङ (जगिङ गर्दै फोहोर उठाउने) गर्थे । एजेन्सी

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७