अभिनेत्री रेखा थापाले लेखिन्, ‘सी विश्वकै दूरदर्शी नेता’

काठमाडौं, २५ असोज । अभिनेत्री तथा निर्मात्री रेखा थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङ विश्वकै दूरदर्शी नेता भएको धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

शनिबार नेपालको दुई दिने राजकीय भ्रमणका लागि आएका राष्ट्रपति सीलाई स्वागत गर्दै अभिनेत्री थापाले सी विश्वकै दूरदर्शी नेता तथा अभियन्ता भएको बताएकी छन् ।

आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै अभिनेत्री थापाले भनेकी छन्, ‘विश्वका सर्वाधिक दूरदर्शी सपनाको अभियन्ता, नेता चिनियाँ प्रेसिडेन्ट सी चिनफिङलाई नेपालमा स्वागत छ । नेपाल–चाइना मित्रता अमर रहोस् ।’

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा राष्ट्रपति सी शनिबार नेपाल आइपुगेका हुन् । शनिबार र आइतबार दुई दिन नेपाल भ्रमणमा रहने सीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्