सीलाई नेपालमा न्यायो स्वागत (फोटो फिचर)


२५ आश्विन २०७६, शनिबार
welcome to xi jingping 1

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज (शनिबार) आइपुगेका छन् ।

भारतको चेन्नई हुँदै चिनियाँ विशेष विमानमार्फत काठमाडौं आइपुगेका राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली आफै त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए । यस्तै ओली नेतृत्वको मन्त्रिमण्डलका सदस्य, उच्च तहका कर्मचारी, अन्य कर्मचारी मात्र नभई सर्वसाधरणले समेत चिनियाँ राष्ट्रपति सीको स्वागत गरेका थिए ।

सीको स्वागतका लागि नेपाली सेनाले २१ तोपको सलामी मात्र दिएन, स्वतःस्फूर्त रुपमा तयार भएका विभिन्न संघसंस्थाहरुले विभिन्न साँस्कृति झाँकीहरु प्रदर्शन गरेर चिनियाँ राष्ट्रपति सीलाई नेपालमा न्यायो स्वागत गरिएको छ । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको नेपालको राजकीय भ्रमणलाई सरकार, सत्ता पक्ष दलले मात्र नभई विपक्षी दल, नेता र सर्वसारधणले समेत निकै महत्व दिएका छन् ।

विभिन्न संक्रमणबाट गुज्रँदै विकासका लागि प्रारम्भिक पाइला चाल्दै गरेको नेपालका लागि चीनको यस्तो उच्चस्तरीय भ्रमणलाई सबै क्षेत्रले उच्च प्राथमिकता दिंदैं निकै महत्व दिएको छ । सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेको नेपालका लागि चिनियाँ प्रधानमन्त्री सीको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ ।

नेपालको पूरानो मित्र देश र नेपालमा आइपरेका धेरै विपतीका घटनामा सहयोग र साथ दिंदै आएको चीनका उच्च तहका व्यक्तिको भ्रमणलाई व्यवस्थित, सुरक्षित बनाउन मात्र नभई उच्च सम्मान दिन सरकारले सक्दो प्रयास समेत गरेको छ । नेपालको विभिन्न खालका भौतिक विकासमा चीनको आर्थिक र आत्मीय सहयोग निरन्तर रहँदै आएको छ ।

नेपालको सडक, जलविद्युत, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रमा चीनको सहयोग अतुलनीय छ । समृद्ध नेपाल सुखी नेपालीको नारा लिई विकास र समृद्धिका गतिविधि सञ्चालन गरिरहेको केपी ओली नेतृत्वको सरकारले सीको भ्रमणबाट नेपाललाई ठूलो उपलब्धी हात पर्ने अपेक्षा समेत गरेको छ ।

सडक, पूर्वाधारसँग रेल र जलमार्गको समेत सपना देखिरहेको सरकार र नेपाली नागरिकका लागि चीन सहयोगी बन्न सक्ने विश्वास समेत रहेको देखिन्छ । यहि विश्वासका कारण पनि चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणमा सरकार र सत्तारुढ दल मात्र होइन विपक्षी दल र सर्वसाधरण समेत एक मुख देखिएका छन् ।

अन्य बेला नमिले जस्तो देखिए पनि राष्ट्रिय हित र स्वार्थका लागि देखिएको नेपालीहरुको एकता र चिनियाँ राष्ट्रपति सी चिनफिङमाथि दर्शाइएको नेपालको न्यायो आतिथ्यताले नेपालीहरुको एकता र विकासप्रतिको उत्कट चाहनालाई समेत उजागर गरेको छ ।
हेर्नुस् चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल यात्राका तस्विरहरु

3 3
4 3
NP KTM 20191012173741 MG 9494 1
NP KTM 20191012173633 MG 9478
NP KTM 20191012 MG 9571
NP KTM 20191012 MG 9606
RS KTM 02
Pro Ktm IMG 4934
NP KTM 20191012173549 MG 9426
Pro Ktm
ND KTM 20191012 173559
welcome
RS KTM 20191012145149 0D3A3600
20191012 154622

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७