काठमाडौंमा राष्ट्रपति सी : शितल निवासमा हस्ताक्षर, सोल्टीमा ‘चियर्स’(फोटो फिचर)


प्रकाशित मिति : October 13, 2019

काठमाडौं, २५ असोज : नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

दुई राष्ट्रपतिबीच साँझ सात बजेपछि राष्ट्रपति भवन शितल निवासमा भेट भएको हो। भेटका क्रममा दुई राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे छलफल गरे।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले झन्डै ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरिन्।

शितल निवासपछि चिनियाँ सी आफ्नो सम्मानमा समकक्षी राष्ट्रपति भण्डारीले आयोजना गरेकी रात्रिभोजमा सामेल भए । सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् ।

उनले आफ्नो सम्बोधनको अन्तिममा भने,’चीन र नेपालबीचको पुस्तौपुस्ता मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित हुनुभएका सबैका सुस्वास्थ्यका लागि चियर्स !’

  चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।
  चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
  चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै
चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : प्रदीपराज वन्त

 

चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक हुदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ।
  चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै
चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक हुदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै
  चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दै


तस्बिरहरु :  रासस

प्रतिक्रिया दिनुहोस्