सीकाे नेकपालाई सन्देश


२६ आश्विन २०७६, आईतवार
Pro Ktm IMG 55383
/fi6«klt ;L;Fu g]skfsf g]tfx? sf7df8f}F, @^ c;f]h-/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª\;Fu cfOtaf/ xf]6n ;f]N6Ldf g]kfn sDo’lgi6 kf6L{sf zLif{ g]tfx? e]6jftf{ ug'{x’Fb} . /fi6«klt ;L g]kfnsf] b’O{ lbg] /fhsLo e|d0fsf l;nl;nfdf zlgaf/ sf7df8f}Fdf cfpg’ePsf] xf] . t:jL/ M k|bLk/fh jGt

काठमाडौं, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  विदेश विभाग प्रमुख माधवकुमार नेपाल नेपालसहित सचिवालय सदस्यहरूसँगको भेटमा पार्टीभित्र सुशासन आवश्यक पर्ने बताएका छन्।

होटल सोल्टीमा आइतबार भएको भेटवार्तामा राष्ट्रपति सीले निरन्तर जनताको सेवा गरेकोले चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सकेको बताएका छन् । सत्तारुढ नेकपाका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।

‘चिकपाले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो’, सीले भनेका छन् ।

राष्ट्रपति सीलाई भेट्न नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता झलनाथ खनाललगायत सचिवालय सदस्य उपस्थित थिए।

‘शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने आफ्नो अनुभव राष्ट्रपति सी ले सुनाउनुभयो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७