फर्किनुअघि राष्ट्रपति सी र प्रधानमन्त्रीबीच १५ मिनेट छुट्टै भेट

विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान


२६ आश्विन २०७६, आईतवार
Pro Ktm IMG 56852

काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणपछि स्वदेश फर्किनुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै भेटघाट गरेका छन् ।

राष्ट्रपति सीले विदाई हुनुअघि प्रधानमन्त्रीसँग १५ मिनेट भेटघाट गरेका हुन् । नेपाल–चीनबीच २० वटा समझदारीमा हस्ताक्षर भएलगत्तै सी र ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीसँग विदाई भेटवार्ता गरेका हुन् । भेटलगत्तै राष्ट्रपति सी विमानस्थल प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको दुई दिने राजकीय भ्रमणमा आएका हुन् । सीको विदाइका लागि राष्ट्रपति भण्डारी, प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरुको उपस्थिति थियो । फर्किनुअघि विमानस्थलमा सीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । सीको विदाईमा विभिन्न साँस्कृति झाँकीहरु समेत प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७