चिनियाँ राष्ट्रपति सीको काठमाडौंमा २१ घण्टा (फोटो फिचर)


२६ आश्विन २०७६, आईतवार
xijingping nepal visit

काठमाडौं, २६ असोज । चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज (आइतबार) १ : ३० बजे स्वदेश फर्किएका छन् ।

चिनियाँ राष्ट्रपतिलगायत चीनका उच्च पदस्थ व्यक्तित्वहरुलाई स्वयम् नेपालको राष्ट्रपति विद्यादेवी भण्डार, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिना, ओली मन्त्रिमण्डलका सम्पूर्ण सदस्य, उच्च तहका व्यक्तित्वले विदाइ गरेका छन् ।

सी प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति सीलाई विदाई गरिएको थियो । यस्तै विमानस्थलमै सरकारले राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’ उपाधि समेत प्रधान गरेको छ । राष्ट्रपति सीले काठमाडौंमा २१ घण्टा विताएका छन् ।

भारतको चेन्नई हुँदै नेपाल आएको राष्ट्रपति सीको काठमाडौं बसाई निकै व्यस्त रह्यो । राष्ट्रपति सीको सुरक्षाका लागि सरकारले सुरक्षाको कडा बन्दोबस्त गरेको थियो । चार वटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मीले सीको नेपाल भ्रमणलाई सुरक्षा दिएका थिए ।

CKK KTM1 XI3
चिनियाँ राष्ट्रपति सी चिनफिङ् नेपालको दुुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फकिन्र्दै । तस्वीर : चन्द्रकला क्षेत्री

यस्तै सीको नेपाल बसाईलाई सुरक्षित र व्यवस्थित बनाउन सोल्टी होटल बुकिङ गरिएको थियो । राष्ट्रपति सीको बसाईका लागि सोल्टी होटलका २८० वटा कोठा सबै लिइएको थियो । सीको स्वागतका लागि सरकारले काठमाडौंलाई दुलही झै सिंगारेको थियो ।

प्रधानमन्त्रीलाई १५ मिनेट विदाई भेट
स्देश प्रस्थानका लागि विमानस्थल आउनुअघि राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै भेट गरेका थिए । उनले प्रधानमन्त्री ओलीसँग १५ मिनेट एक्लै भेटेका थिए । अन्तिम विदाईका बेला राष्ट्रपति सीले नेपालले दिएको न्यायो आतिथ्यताका लागि प्रधानमन्त्री ओलीलाई वधाई दिएका थिए ।

सीको नेपाल भ्रमणले सरकारदेखि नागरिक समेत उत्साहित
२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले सरकार, नेपालका राजनीतिक दलदेखि सर्वसाधरणमा समेत उत्साह जगाएको छ ।

लामो समयको राजनीतिक संक्रमणपछि विकासको फड्को मार्ने प्रयास भइरहेका बेला छिमेकी देश चीनको उच्च तहका व्यक्तिको आगमनले सरकारदेखि सर्वसाधरणमा ठूलो आशा जगाएको छ ।

नेपालमा देखिएको रेलमार्ग, जलमार्गदेखि विभिन्न ठूला आयोजना सञ्चालनमा चीनको आर्थिक र जनशक्ति सहयोग मिल्ने कुरामा सरकार र सर्वसाधरण नागरिक समेत हर्षित छन् । सीको नेपाल भ्रमणमा सिङ्गो देश एकजुट र एक बोली देखिएको छ ।

नेपाल–चीनबीच २० समझदारीमा हस्ताक्षर
चिनियाँ राष्ट्रपति सीको दुई दिने भ्रमणको अन्तिम दिन (आइतबार) नेपाल र चीनबीच विभिन्न २० सम्झदारीमा हस्ताक्षर भएको छ । ‘द्विपक्षीय वार्ताको नेतृत्व चीनका तर्फबाट स्वयम् राष्ट्रपति सी र नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

शीर्ष कम्युनिष्ट नेताहरुसँग भेटवार्ता
स्वदेश फर्किने दिन आजै राष्ट्रपति सीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुसँग विहान भेटवार्ता गरेका थिए ।

Pro Ktm IMG 55383

jhalnatha khanal and
 

xijingping and bishnu paudel

NArayankaji
 

Pro Ktm IMG 55384

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वहरु प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनालहरु वार्तामा सहभागी थिए । वार्ताका क्रममा राष्ट्रपति सीले कम्युनिष्ट पार्टी अनुशासनमा प्रतिवद्ध हुनुपर्ने र जनतासँग सँधै जोडिइरहनु पर्ने बताएका थिए ।
प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेट
राष्ट्रपति सीले हिजो (शनिबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेट गरेका छन् । उनले नेकपा र कांग्रेससँगको आफूहरुको सहकार्य पूरानो भएको बताएका थिए ।

Pro Ktm IMG 55382

xijingping and sherbahadur deuwa
 

रात्रिकालीन भोजमा सहभागी
चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिकालीन भोजमा सहभागी भएका थिए ।

उक्त रात्रिकालीन भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सरकारका मन्त्रिहरु, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी, विभिन्न दलका नेताहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । उक्त रात्रिभोज चिनियाँ राष्ट्रपति सीलाई नेपालको नामुद खानाका परिकारहरु खुवाइएको थियो ।

 

तस्बिर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७