यो वर्ष नेपालको आर्थिक बृद्धिदर ६.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


२६ आश्विन २०७६, आईतवार
1570955497worldbank1

काठमाडौं, २६ असोज । विश्व बैंकले नेपालको यो आर्थिक वर्षमा ६.४ प्रतिशतले आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ। बजार मूल्यमा नेपालको अर्थतन्त्र सो बिन्दुले बृद्धि हुने बैंकले प्रक्षेपण गरेको हो।

दक्षिण एसियाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै बैंकले गएको वर्ष नेपालको बृद्धिदर बजार मूल्यमा ७.१ प्रतिशतले भएको र स्थिर मूल्यमा ६.७ प्रतिशतले भएको अनुमान गरेको छ।

दक्षिण एसिया क्षेत्रको समग्र अर्थतन्त्र गएको सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। औद्योगिक उत्पादन तथा आयातमा कमी तथा वित्तीय क्षेत्रमा आएका चुनौतिका कारण अर्थतन्त्र सुस्त भएको र यो सुधार हुने प्रष्ट सम्भावना नभएको बैंकले बताएको छ।

यो वर्ष नेपालको भन्दा भुटान तथा बंगलादेशको अर्थतन्त्रको बृद्धिदर तीब्र हुने छ। गएको वर्ष भने नेपालको बृद्धिदर दक्षिण एसियामा दोस्रो थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७