कांग्रेसको चियापनमा प्रचण्डले भने, ‘तपाईहरुको मनोबल बढेछ’


२६ आश्विन २०७६, आईतवार
Prachanda

काठमाडौं, २६ असोज :  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल कांग्रेस मनोबल बढेको उल्लेख गरेका छन् ।

आइतबार नेपाली कांग्रेसले दशैँ, तिहार, छठ जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुको मनोबल बढेको पाएँ ।’

प्रचण्डले कांग्रेसको कार्यक्रममा पुग्दा सहयात्रीको कार्यक्रममा पुगेको अनुभूति हुने गरेको बताए । प्रचण्डले भने, ‘चियापान कार्यक्रममा आउँदा परिवर्तनका सहयात्रीकहाँ आएजस्तो लाग्छ, हेरौं राजनीतिले कसरी कोल्टे फेर्छ ।’ प्रचण्डले ‘हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टे फेर्दै जान्छ’ भन्ने अभिव्यक्ति दिँदा दर्शक दिर्घाबाट हुटिङ भएको थियो।

प्रचण्डले दिवङ्गत नेता एवम् काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुरू गरेको एकता, सहकार्य र सहयात्राले मुलुकलाई यो स्थानसम्म ल्याएको बताए ।

विगतका प्रतिबद्धताप्रति दृढ रहन यस्ता चियापानले महत्त्वपूर्ण भूमिका खेल्ने प्रचण्डको भनाई छ । ‘विगतमा हामीले गरेका सङ्कल्प र प्रतिवद्धताप्रति दृढ रहने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधिनताको रक्षा र जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै आजको आवश्यकता हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७